काठमाडौं ११ मंसिर । सुन कछुवासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रानीबारी काठमाडौंका ४२ वर्षीय हरि परियार, बुढानिलकण्ठका ३३ वर्षीय राजकुमार तामाङ, बालाजुका २२ वर्षीय प्रभास खाती र सञ्जय तामाङ रहेका छन् ।
निजहरुलाई जिउँदो सुन कछुवाको बिक्री वितरण हुन लागेको गोप्य सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिक्री गर्न लागेको अवस्थामा जिउँदो सुन कछुवासहित पक्राउ गरेको हो ।
निजहरुले प्रहरी सामु उक्त सुन कछुवा बेच्न लागेको स्वीकार गरेका छन् । निजहरुलाई काठमाडौंको सोल्टीमोडबाट गरिएको हो । यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।