सुभाषको गीतमा प्रथम र नेहाको रोमान्स — OSNepal

सुभाषको गीतमा प्रथम र नेहाको रोमान्स

LC (KTM) May 08, 2021 0

काठमाडौँ । गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको सुमधुर स्वर रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ । टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत रहेको छ ।

गीतको भिडियो समेत बनको छ । जसमा मोडल प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहाले निकै आकर्षक रोमान्स गरेका छन् ।

लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका हुन् । संख्यात्मक भन्दा गुणात्मक भिडियो निर्देशन गर्दै आएका प्रथमको यो भिडियो पनि राम्रो बनेकोछ । भिडियोमा उत्सव दाहालको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर