सुरुसुरुमा रुढीवादी लागेको रामदेव त वैज्ञानिक र क्रान्तिकारी पो रहेछन्: प्रचण्ड — OSNepal

सुरुसुरुमा रुढीवादी लागेको रामदेव त वैज्ञानिक र क्रान्तिकारी पो रहेछन्: प्रचण्ड

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योग गुरु रामदेव वैज्ञानिक र क्रान्तिकारी भएको बताएका छन् ।

शुक्रबार पतञ्जली योगपीठको भवन उदघाटन कार्यक्रम सहभागी भएका प्रचण्डले योग गुरु रामदेव क्रान्तिकारी भएको भन्दै प्रशंसा गरेका हुन् ।

सुरुसुरुमा आफुलाई रुढीवादी र बढी परम्परावादी हुनुहुन्छ होला भन्ने लागेको त छलफल र संगत गर्दै जाँदा वैज्ञानिक र क्रान्तिकारी लागेको बताएका छन् ।

पूरै समाजलाई निरोगितातिर लैजाने अभियानको नेतृत्व रामदेवले गरेको भन्दै अध्यक्ष प्रचण्डले रामदेवको कार्यक्रममा खुलेरै प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर