सुरु भएको स्थायी कमिटिको बैठकमा, नेपाल समुहका १२ जनालाई थप कारवाहीको तयारी — OSNepal

सुरु भएको स्थायी कमिटिको बैठकमा, नेपाल समुहका १२ जनालाई थप कारवाहीको तयारी

LC (KTM) June 01, 2021 0

काठमाडौं १८ जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । दुई पटक सम्म स्थगित भएको बैठक सुरु हुनुभन्दा एक दिन अगाडी मध्यरातमा पार्टीका अध्यक्ष केपी ओली र अर्का माधव नेपाल सुमहका दोस्रो तहका नेताहरुबिच पार्टी एकताको विषयलाई लिएर छलफल भएको थियो ।

तर, स्रोतले दिएको जानकारी अनुसार वार्ता सकारात्मक नभएको बुझिएको छ । जसको कारण आज ओलीले स्पष्टिकरण मागेका १२ जना नेपाल समुहका नेताहरुलाई थप कारवाही समेत गर्ने योजना रहेको बुझिएको छ । बैठकमा सरकारले ल्याएको बजेटको समिक्षा गर्ने पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर