सेयर बजारमा आज एक सय ६६ कम्पनीको सेयर मूल्य बढ्दा यि कम्पनीका लगानीकर्ता बने मालामाल — OSNepal

सेयर बजारमा आज एक सय ६६ कम्पनीको सेयर मूल्य बढ्दा यि कम्पनीका लगानीकर्ता बने मालामाल

LC (KTM) January 04, 2022 0

काठमाडौं, २० पुस । सेयर बजारमा मंगलबार ६३ अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचक ६३ दशमलव १ अंकले वृद्धि भई दुई हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ ।

यसदिन दुई सय ३४ कम्पनीका ९१ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकहरू पनि सकारात्मक भएका छन् । यसदिन उत्पादन र अन्य समूह बाहेकका समूहगत परिसूचक वृद्धि भएका छन् ।

मंगलबार तीन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

सबैभन्दा बढी विकास बैंक समूह ५ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । मंगलबार एक सय ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर