सैफ र रानीको बब्ली और बन्टी २ को ब्यापार सुस्त , के सुर्यबंशीलाई भेट्न सक्ला त ? — OSNepal

सैफ र रानीको बब्ली और बन्टी २ को ब्यापार सुस्त , के सुर्यबंशीलाई भेट्न सक्ला त ?

LC (KTM) November 22, 2021 0

लामो समयको अन्तराल पछि बलिउड अभिनेता सैफ अली खान र रानी मुर्खजीलाई अनस्क्रिन रोमान्स गरेको देख्न पाईएको छ । उनीहरुले अभिनय गरेको चलचित्र बन्टी और बब्ली २ अहिले प्रर्दशन भईरहेको छ । गत शुक्रवार सिनेमाहलमा रिलिज भएको यस फिल्मले ब्यापार भने सन्तोष जनक गर्न सकेको छैन । बक्स अफिसमा यस फिल्मको ब्यापार एकदमै सुस्त देखिएको छ ।

अक्षय कुमार स्टारर फिल्म सुर्यबंशी हलमा रिलीज भए पछि यस फिल्मलाई पनि बाटो खुलेको थियो । सुरुवातमा सुर्यबंशीले पनि ब्यापार राम्रो गर्न सकेको थिएन । पछिल्लो केही हप्ता राम्रै ब्यापार गरेको थियो । सैफको यस फिल्मको छाँट पनि त्यस्तै देखिएको छ । यो फिल्म सन् २००५ मा रिलिज भएको फिल्म ‘बंटी और बबली’ को सिक्वेल रहेको छ ।

पहिलो फिल्ममा रानी मुखर्जीसँग अभिषेक बच्चन र अमिताभ बच्चनले अभिनय गरेका थिए । यस फिल्मले शुक्रबार २ करोड ६० लाख भारतीय रुपैयाँको मात्रै व्यापार गर्न सफल भएको छ। साथै, शनिबार भने फिल्मले २ करोड ५० लाखको कमाइ गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर