सोल्टी दोबाटोबाट सुन कछुवा सहित ४ जना पक्राउ — OSNepal

सोल्टी दोबाटोबाट सुन कछुवा सहित ४ जना पक्राउ

LC (KTM) November 28, 2021 0

काठमाडौं, १२ मंसिर- काठमाडौं महानगरपालिका-१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका-१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पहेंलो सुन कछुवा अबैध रुपमा बिक्री गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर