स्टार खेलाडी लियोनल मेस्सीबिना मैदान उत्रेकाे पिएसजीले मेट्जलाई हरायाे — OSNepal

स्टार खेलाडी लियोनल मेस्सीबिना मैदान उत्रेकाे पिएसजीले मेट्जलाई हरायाे

LC (KTM) September 23, 2021 0

काठमाडौं, ७ असोज – स्टार खेलाडी लियोनल मेस्सीबिना फ्रेन्च लिगा वानमा पेरिस सेन्ड जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित मेट्ज क्लबलाई २-१ गोल अन्तरले पराजित गरेकाे हाे । पिएसजी खेल तालिकाकाे शीर्ष स्थानमा कायमै छ ।

तनावपूर्ण खेलमा पिएसजीलाई जित दिलाउन अचराफ हामिकीले २ गोल गरे । पराजित मेट्जको लागि बोउबाकर कोउयातेले सान्त्वना गोल गरे ।

खेलमा अग्रता भने पिएसजीले लिएको थियो । हाकिमीले पाँचौ मिनेटमा गोल गरे । ३९ मिनेटमा बोउबाकरले बराबरी गोल गरे । यस्तै थपिएको पाँच मिनेटमा गोल गर्दै हाकिमीले पिएसजीलाई तीन अंक दिलाए ।

गत साताकाे चोटका कारण यसै सिजन बार्सिलोनाबाट पेरिस झरेका मेस्सी भने मेट्जविरुद्ध मैदान उत्रिएनन् ।

खेलमा मेट्जले दुई रातो कार्ड ब्यहोरेको थियो । खेल सुरु नहुँदै प्रशिक्षक फ्रेडेरिक एन्टोनिटोले रातो कार्ड पाउदै दर्शकदीर्घामा पुगेका थिए । ९० मिनेटपछि थपिएको एक मिनेटमा कप्तान ड्यलान ब्रोनले रातो कार्ड प्राप्त गरेका थिए ।

जितसँगै पिएसजीले सात खेलबाट शतप्रतिशत जितसहित २१ अंकसँगै शीर्ष स्थानमा छ । मेट्ज भने सात खेलबाट तीन अंकसहित तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर