स्ट्रार खेलाडीद्वय मेस्सी र एमब्बाप्पेको गोलमा पीएसजीले निकाल्यो शानदार जित — OSNepal

स्ट्रार खेलाडीद्वय मेस्सी र एमब्बाप्पेको गोलमा पीएसजीले निकाल्यो शानदार जित

LC (KTM) November 21, 2021 0

काठमाडौं, ५ मंसिर – स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे । खेलको ८२औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।

खेलको ८७औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग वान गोल हो ।यसघि खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।

खेलको ७६औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर