दायित्वले दियो स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण — OSNepal

दायित्वले दियो स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण

LC (KTM) December 27, 2021 0

काठमाडौं १२ पौष । स्थानीय तहमा असल सार्वजनिक नीति तथा आन्तरिक युवा रोजगारी लगायतका विषयमा दायित्व नामक गैरसरकारी संस्थाले ४० जना स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिएको छ ।

लुम्बिनी प्रदेशका स्थानीय तहमा ‘आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक प्रशिक्षण प्रदान प्रदेशको तिलोत्तामा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई प्रशिक्षण दिएको हो । संस्थाले आफ्नो कार्यक्रमको जानकारी विज्ञप्ती मार्फत गराएको हो ।

विज्ञप्तिमा स्थानीय तहमा असल सार्वजनिक नीति, सार्वजनिक सेवामा व्यावहारिक दृष्टिकोण, आन्तरिक युवा रोजगारी, तथ्यमा आधारित नीति निर्माण, सार्वजनिक–निजी साझेदारी, स्थानीय सरकारको वित्त व्यवस्थापन, सदाचार संस्कृतिजस्ता विषयमा प्रशिक्षणमा दिइएको जानकारी गराइएको छ ।

उक्त कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतको सहभागिता रहेको थियो ।

साथै उक्त कार्यक्रमको समापनमा भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर देशलाई उत्पादनशील अर्थतन्त्र र दिगो विकासको बाटोमा लैजान सकिने बताएका थिए ।

दायित्व नामक गैरसरकारी संस्थाले यस भन्दा अगाडी पोखरामा आफ्नो कार्यक्रम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर