स्पेनिस ला लिगा फुटबलमा रियलको सहज जित — OSNepal

स्पेनिस ला लिगा फुटबलमा रियलको सहज जित

LC (KTM) November 21, 2021 0

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ग्रानडा बिरुद्ध सहज जित निकालेको छ । आज राती भएको खेलमा रियलले ग्रानडालाई चार एक गोल अन्तरले हराएको हो । १० खेलाडीमा सिमित ग्रानडाको मैदानमा खेलको १९ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २५ औं मिनेटमा नाचो, ५६ औं मिनेटमा भिनियस जुनियर र त्यसपछि खेलको ७६ औं मिनेटमा फेर्लाण्ड मेन्डिले गोल गरेका थिए । खेलको ३४ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै ग्रानडालाई सान्त्वना गोल फर्काएका थिए । खेलको ६७ औं मिनेटमा मोन्चुले रातो कार्ड पाएपछि ग्रानडा १० खेलाडीमा समेटिएको थियो ।

आजको यो जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले १३ खेल खेलेर ३० अंक जोडेको छ । ग्रानडा ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर