स्पेनिस ला लिगा : शीर्षस्थानको रियल मड्रिड गेटाफे संग पराजित हुदा बार्सिलोनाले जित निकाल्यो — OSNepal

स्पेनिस ला लिगा : शीर्षस्थानको रियल मड्रिड गेटाफे संग पराजित हुदा बार्सिलोनाले जित निकाल्यो

LC (KTM) January 03, 2022 0

स्पेनिस ला लिगा फुटबलमा गेटाफेले शीर्षस्थानको रियल मड्रिड लाई नराम्रो संग झट्का दिएको छ । राती सम्पन्न खेलमा रियल गेटाफे संंग स्तब्ध भएको हो । घरेलु मैदानको फाईदा उठाउँदै गेटाफेले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । गेटाफेका लागि खेलको नवौँ मिनेटमा उनालले निर्णायक गोल गर्न सफल भए ।

रियल पराजित भए पनि दोस्रो स्थानको सेभिल्लासँगको अंक दुरी भने ठुलै रहेको छ । रियलको ८ अंकको अग्रता रहेको छ । त्यस्तै अर्काे बलियो तथा शक्तिशाली टिम बार्सिलोनाले भने जित निकालेको छ । बार्सिलोनाले मालोर्कालाई १–० ले पराजित गर्न सफल भयो । बार्सिलोनाका लागि खेलको ४४ औँ मिनेटमा डी जोङले गरेको गोल नै निर्णायक बन्यो । जितपछि पाँचौँ स्थानमा उक्लिएको बार्सिलोनाको १९ खेलबाट ३१ अंक भएको छ ।

त्यस्तै राती नै सम्पन्न अर्काे खेलमा एथ्लेटिको मड्रिड बिजयी भएको छ । उसले रायो भालेकानोलाई २–० पराजित गरेको हो । त्यस्तै सेल्टा डी भिगोले रियल बेटिसलाई २–० ले पराजित गर्दा एलाभेस र रियल सोसिडाडले १–१ तथा एल्ची र ग्रानाडाले गोलरहित बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर