स्याङ्जा जाँदै योग गुरु स्वामी रामदेव — OSNepal

स्याङ्जा जाँदै योग गुरु स्वामी रामदेव

LC (KTM) November 19, 2021 0

योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा आउनुहुने भएको छ । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उहाँहरु यहाँ आउनुहुने भएको आचार्य बालकृष्णका भाइ डा पवमान सुवेदीले जानकारी दिनुभयो । स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती ९लक्ष्यबत्ती० कार्यक्रममा सहभागी हुन उहाँहरु यहाँ आउन लाग्नुभएको सुवेदीले बताउनुभयो ।

“आज दिउँसो २ बजेतिर दुबै जना घरमै आउनुहुनेछ”, उहाँले भन्नुभयो, “बुबाको चौरासी पूजासँगसँगै उहाँहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर