स्वास्थमा हानी गर्छ भन्दै अभिनेता अक्षयकुमारले छाडे प्याकेटको खानेकुरा — OSNepal

स्वास्थमा हानी गर्छ भन्दै अभिनेता अक्षयकुमारले छाडे प्याकेटको खानेकुरा

LC (KTM) November 18, 2021 0

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमार फिटनेसका लागि पनि उत्तिकै चर्चित छन् । किनकि उनको दिनचया अनुशासित छ ।
उनले यो दिनचर्या र जिन्दगीमा इन्जोय गर्ने गरेको बताएका छन् । ‘मैले कसैको दबाब र करकापमा यो जिन्दगी रोजेको होइन, यसलाई म इन्जोय गर्छु,’ अक्षयले भनेका छन् ।

उनले आफू हरेक दिन सूर्योदय देख्ने गरेको बताए । आफ्ना बुवा सैनिक भएकोले पनि यो तालिकाको विकास भएको समेत उनले बताए । राजधानि दैनिकमा खबर छ ।‘म गर्व गर्छु हरेक दिन सूर्योदय हेर्न पाउँछु,’ अक्षयले भने, ‘म बिहानै ४ बजे उठ्छु , किनकि यो मैले नै आफूलाई बनाएको नियम हो ।’ उनको फिटनेसको चर्चा बि(टाउनमा हुने गर्छ । उनी नजिकको सुटिङ सेटसम्म हिँडेरै जाने गर्छन् भने बिहानै दैनिक जिम पुग्छन् ।

उनले प्रायस् छायाँकन ८र९ घण्टामै सक्ने गरेका छन् । ‘अक्षयले बिहानै छायाँकन थाल्छन् र बेलुकीसम्म प्याकअप गर्छन्,’ उनीसँग धेरै फिल्ममा काम गरिसकेका रितेश देशमुखले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर