स्वास्थ्यमा समस्या देखिएकी तेह्रथुमकी सुत्केरी मुना र नवजात शिशुको हेलिकप्टरबाट गरियो उद्धार — OSNepal

स्वास्थ्यमा समस्या देखिएकी तेह्रथुमकी सुत्केरी मुना र नवजात शिशुको हेलिकप्टरबाट गरियो उद्धार

LC (KTM) September 07, 2021 0

तेह्रथुम, २२ भाद्र -तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा एक सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरीएको छ । छथर गाउँपालिका-२ हमरजुङकी मुना कार्कीलाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरीएको हो ।

स्थानीय छथर अस्पतालमा सुत्केरी भएकी कार्कीको शिशुमा गम्भीर समस्या देखिएपछि गाउँपालिकाको समन्वयमा उद्धार गरिएको गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताए ।

राष्ट्रपती सुत्केरी उद्धार कार्यक्रमअन्तरगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा उद्धार गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

उद्धार गरिएकी महिला र नवजात शिशुलाई बिराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर