हरिबोधिनी एकाशीमा सार्वजनिक बिदा — OSNepal

हरिबोधिनी एकाशीमा सार्वजनिक बिदा

LC (KTM) November 14, 2021 0

किमाथाङ्का, २८ कात्तिक -सङ्खुवासभाको खाँदबारी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । हरिबोधिनी एकाशीका अवसरमा नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाका अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बिहान बसेको कार्यपालिका बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

कार्यपालिका बैठकले हरिबोधिनी एकादशीका अवसरमा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको नगरप्रमुख खतिवडाले बताउनुभयो । कार्यपालिकाको निर्णयानुसार सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहनेछन् । चर्चित धाम मनकामना परिसरमा हरिबाधिनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ । हरिबोधिनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुमलगायत जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीयवासी बताउँछन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर