हरियाली होटल एण्ड लजबाट २८ वर्षीय सुमन र उनका साथी यस्तो अवस्थामा पक्राउ — OSNepal

हरियाली होटल एण्ड लजबाट २८ वर्षीय सुमन र उनका साथी यस्तो अवस्थामा पक्राउ

LC (KTM) December 09, 2021 0

रुपन्देही २३ मंसिर । गैंडाको खागसहित प्रहरीले तिन जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन् ।

वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त बस्तु बरामत भएको हो । यस विषयमा प्रहरीले थप अनुशनधान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर