हरेक फिल्म रिलिजअघि सिद्धिविनायक मन्दिर पुग्छिन् दीपिका, कारण यस्तो ! — OSNepal

हरेक फिल्म रिलिजअघि सिद्धिविनायक मन्दिर पुग्छिन् दीपिका, कारण यस्तो !

LC (KTM) January 05, 2022 0

एजेन्सी-बलिउडका केही स्टारहरू पनि भाग्यमा विश्वास गर्छन् । त्यहीकारण उनीहरू आफ्नो फिल्मको सफलता होस् वा जिन्दगीको सफलताका लागि आफ्नो ‘लकी चार्म’लाई सँगै लिएर हिँड्ने गर्छन् । अभिनेत्री दीपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिजअघि सिद्धिविनायक मन्दिर पुग्छिन् । यो मन्दिरप्रति उनको विशेष आस्था छ ।

अभिनेता अमिताभ बच्चन बलिउडका सफल कलाकारमा पर्छन् । तर, बलिउडका यी महानायकको कुनै बेला आर्थिक रुपले दयनीय अवस्था थियो । उनले फिल्म पनि पाइरहेका थिएनन् । यसपछि उनले निलम जडित औँठी लगाए । त्यसपछि मात्र उनले फिल्मबाट अफर पाउन थाले ।

अभिनेता शाहरूख खान आफ्ना लागि ‘५५५’ नम्बर भाग्यशाली मान्छन् । उनको गाडीको नम्बर प्लेटमा पनि यही संख्या छ । उनले फिल्म ‘चेन्नई एक्सप्रेस’मा आफ्नो बाइकको लाइसेन्स प्लेट नम्बरमा पनि ‘५५५’ नै जोडेका थिए ।
अभिनेता आमीर खानका लागि भाग्यशाली महिना डिसेम्बर हो । उनका हरेक फिल्म क्रिसमस या यसको आसपास रिलिज हुन्छ । यो महिना रिलिज उनका फिल्मले बक्सअफिसमा हिट व्यापार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर