हलेसीमा विश्व शान्ति पूजा सम्पन्न — OSNepal

हलेसीमा विश्व शान्ति पूजा सम्पन्न

LC (KTM) January 12, 2022 0

खोटाङ, २८ पुस-बौद्ध धर्मावलम्बीले खोटाङको त्रि–धार्मिक स्थल हलेसीमा विश्व शान्ति पूजा गरेका छन् । विश्वभरका प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै बौद्ध धर्मावलम्बीले धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सोमबारदेखि तीन दिनसम्म विश्व शान्ति पूजा गरेका हुन् ।

धर्मगुरु नाटा रिम्पोछे लगायत सय जनाभन्दा बढी बौद्ध धर्मगुरु लगायतले हलेसीको बसाहा गुफा नजिकै खेल मैदानमा पाल टाँगेर दैनिक पूजाआजा गरेका छन् । कोभिड–१९ को कहरका बीचमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै हलेसीमा नवौं विश्व शान्ति पूजा गरिएको हलेसी विश्वशान्ति पूजा समितिका सचिव पासाङ ग्याल्जेन शेर्पाले बताए ।

धर्मगुरु नाटा रिम्पोछेबाट अभिषेक प्रदान गर्दै बुधबार विश्व शान्ती पूजा समापन गरिएको हो । कोभिडको महामारीका कारण केही वर्ष यता विश्व शान्ति पूजा हुन नसकेको जनाइएको छ । (क्याप्सन : हलेसीमा विश्व शान्ति पूजा गर्दै बौद्ध धर्मावलम्बी । तस्बिर : पासाङ ग्याल्जेन शेर्पा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर