'हल्का रमाइलोमा’ बखते काकाको भुमिका निभाएका कलाकार शम्भुराज थापाको भेन्टिलेटरमा राखेर उपचार हुँदै — OSNepal

‘हल्का रमाइलोमा’ बखते काकाको भुमिका निभाएका कलाकार शम्भुराज थापाको भेन्टिलेटरमा राखेर उपचार हुँदै

LC (KTM) August 11, 2021 0

काठमाडौं- कलाकार शम्भुराज थापा ‘बखते’को भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि १० दिन अगाडि ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका उनकोश्वास प्रश्वासलगायत केही समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको बताइएको छ ।

‘१० दिन अगाडि अस्पताल भर्ना भएका थापाको मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ तर मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको बताइएको छ ।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिदै आएका छन् । यस अघि उनले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर