हवाई भाडा बढ्यो — OSNepal

हवाई भाडा बढ्यो

LC (KTM) November 14, 2021 0

काठमाडौँ, २८ कात्तिक -इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।

यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । आजैदेखि यो भाडादर लागू गरिएको छ । काठमाडौँबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क रु १७० बढेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर