हातहतियार लिएर मोटरसाइकलमा हुईकिएका एक युवक बाटोमै समातिए — OSNepal

हातहतियार लिएर मोटरसाइकलमा हुईकिएका एक युवक बाटोमै समातिए

LC (KTM) January 13, 2022 0

सुनसरी २९ पौष । ईनरुवा नगरपालिका-३ महेन्द्रचोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित हरिनगरा गाउँपालिका-७ घुस्की बस्ने २२ वर्षीय सविर मियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ज.२ प ५१९४ नम्बरको मोटरसाइकलमा हातहतियार लिएर आउँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर