हामीले धर्तीको अर्बिट छेडेर भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ : अध्यक्ष ओली — OSNepal

हामीले धर्तीको अर्बिट छेडेर भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ : अध्यक्ष ओली

LC (KTM) November 26, 2021 0

चितवन १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्तिको अर्बिड छेंडेर सानो भूउपग्रह अन्तरिक्षमा पठाइसकेको बताएका छन् ।

पार्टीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अन्तरिक्षमा पनि नेपालको स्थान रहेको भन्दै यस्तो जानकारी दिएका हुन् ।

‘हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो । समुन्द्रमा हामी पुग्न सकेका छैनौं तर म साथीहरुलाई स्मरण गराउन चाहन्छु, हामीले धर्तीको अर्बिट छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ ’– ओलीले भने ।

परिवेष्ठित मुलुकको रुपमा रहेको नेपाललाई भू–जडित अवस्थामा पु¥याएको दाबी गरेका ओलीले स्याटेलाइटका लागि हाम्रो मार्ग रहने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर