हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ, आफैँ जित्छ - अध्यक्ष ओली — OSNepal

हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ, आफैँ जित्छ – अध्यक्ष ओली

LC (KTM) November 20, 2021 0

काठमाडौँ, ४ मङ्सिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमाले कसैको वैशाखी नटेकेर आफँै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको हो ।

“हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताउनुभयो । “ सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उहाँले भन्नुभयो, “तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको आँैला नसमातेर हिँड्न सक्दैनन् ।”सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गर्नुभयो ।

काठमाडौँ महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पु¥याइरहेको बताउनुभयो । उहाँले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दामुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिनुभयो ।महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर