हालै क्याट्रिना कैफसँग विवाह गरेका अभिनेता विक्की कौशलको यस्तो छ संघर्षको कथा भन्छन्, अरुको घरमा समेत काम गरे — OSNepal

हालै क्याट्रिना कैफसँग विवाह गरेका अभिनेता विक्की कौशलको यस्तो छ संघर्षको कथा भन्छन्, अरुको घरमा समेत काम गरे

LC (KTM) January 09, 2022 0

बलिउड अभिनेता विक्की कौशल प्रतिभाशाली स्टारको सूचीमा परेका छन् । डेब्यु फिल्मबाटै उनले दर्शकमाझ आफ्नो पहिचान बनाउन सफल भएका छन् । अहिले उनको हातमा एकभन्दा बढी चलचित्रको नाम दर्ता भएको छ । हालै, अभिनेता क्याट्रिना कैफसँग विवाह गरे, तर उनी अझै पनि आफ्नो परिवारको संघर्षका दिनहरू सम्झन्छन् ।

विक्कीका बुबा श्याम कौशललाई बलिउडका सबैभन्दा चर्चित एक्सन निर्देशकहरूमा गनिन्छन् । तर, उनले शोबिजमा सफलता हात पार्नुअघि आर्थिक संकटको सामना गर्नुपरेको थियो । एकेडेमी लेभलमा सफल भएपछि फिल्मी दुनियाँमा प्रवेश गर्ने निर्णय गरेको अभिनेता बिक्कीले धेरै वर्षअघि बताएका थिए ।

त्यतिबेला राम्रो पारिश्रमिकको अफर लिएर घर आएपछि आफ्ना अभिभावक निकै खुसी भएको विक्कीले बताएका थिए । त्यतिबेला विक्की र उनको सम्पूर्ण परिवार चहलमा बस्थे। उनीहरुले छिमेकीहरूसँग बाथरूम शेयर गर्नुपथ्र्याे । उनि भन्छन्– हामी छिमेकीसँग बाथरुम सेयर गर्थ्यौं । उनले आफे बुवाले धेरै पटक आर्थिक संकट भोगेको बताए ।

तर लामो समय पछि, उनले स्टन्ट निर्देशकको रूपमा सफलताको स्वाद चाखे। उनलाई आमाबुवाले आर्थिक संकटबारे सबै कुरा बताइसकेका थिए । घरमा भएका सबै फर्निचर, कहाँ र कसरी ल्याइयो भन्ने कुरा उनले बताए । विक्की भन्छन्,– जब मैले अभिनयलाई करियर बनाउने कुरा आमाबुवालाई राखे त्यतिबेला उहाहरु अलिकति डराउनु भएको थियो । तर, बुबाले मलाई धेरै साथ दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर