मोटरसाइकल चेक गर्दा वंशराज,विमलेश र निकित समातिए — OSNepal

मोटरसाइकल चेक गर्दा वंशराज,विमलेश र निकित समातिए

LC (KTM) October 10, 2021 0

प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौना र सशस्त्र प्रहरी बल बुधौरा सिरहाबाट खटिएको संयुक्त टोलीले आज सिरहा नगरपालिका–१५ बुधौरास्थित दशगजाबाट लागुऔषधसहित सिरहा नगरपालिका–२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरीको राजविराज नगरपालिका–९ का १९ वर्षीय निकित कुमारलाई पक्राउ गरेको हो ।

बिआर३२एजी ५५११ नंको मोटरसाइकलमा सवार तीनै जनालाई जाँच गर्दा नाइट्रोभेट नामक लेखिएको १० पत्ता ९३०० ट्याबलेट० लागुऔषध बरामद भएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर