हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा सात जना पक्राउ — OSNepal

हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा सात जना पक्राउ

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । विद्युत चोरी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले निजहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले चोरी गर्न प्रयोग गरिने २ थान मोटर बरामत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर