हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता — OSNepal

हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता

LC (KTM) December 27, 2021 0

हुम्ला, १२ पुस-जिल्ला प्रहरी कार्यालय हुम्लामा एक वर्षमा ३९ थान मुद्दा दर्ता भएका छन् । ०७७ पुसदेखि ०७८ पुसम्म एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय हुम्लामा साे परिमाणकाे मुद्दा दर्ता भएका हुन् ।

गाउँघरमा मिलापत्र हुने भएका कारण जिल्ला प्रहरी कार्यालयमा कम दर्ता हुने गरेका छन् । जसमा कुटपिट, खाना लाउन नदिएको, सामान्य झैझगडा गरेकाको हकमा ठाडो उजुरी परेका १४ वटा घटनाबाहेक अन्य भवीतव्य, जबर्जस्ती करणी, जबर्जस्तीकरणी उद्योग, जुवातास, अभद्र व्यवहार, सवारी, चोरी, ठगी, झुण्डिएको, ज्यान मार्ने उद्योग, बहुविवाह, अपरहण तथा शरीर बन्धकलगायतका रहेको प्रहरी निरीक्षक दामु पुनले बताए ।

महिला सेलमा ठाडो उजुरी परेर आएकामध्ये कुटपिट, खाना लगाउन नदिएको सामान्य झैझगडा गरेर निवेदन दिनेहरूका लागि दुवै पक्षलाई झिकाएर कानुनी परामर्श दिई मिलापत्र गराएर घर पठाएको महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी जवान मिना आलेले बताइन् ।

महिला तथा बालबालिका सेवा केन्द्रमा कुटपिटका चार, खाना लाउन नदिएको चार, सामान्य झैझगडाका चार, मदिरा सेवन गरी दिएको धम्कीको दुईवटा छन् । भवीतव्य १६, जवर्जस्तीकरणी चार, जवर्जस्ती करणी उद्योग तीन, जुवातासको एक, अभद्र व्यवहारका पाँच, सवारी ज्यानको एक, चोरीका तीन, ठगीको एक, आपराधिक एक, ज्यान मार्ने उद्योग एक, बहुविवाहका दुई, अपहरण तथा शरीर बन्वधक एक गरी ५३ वटा मुद्दाको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले जघन्य अपराधबाहेकका सामान्य घरयासी झैझगडाका मुद्दा मेलमिलाप गरेर घर पठाउने गरेकोछ । मेलमिलाप गरी पठाइसकेपछि पुन: दोहोरिएर जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्न नआएको महिला सेलका प्रमुख आलेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर