हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट — OSNepal

हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट

LC (KTM) January 13, 2022 0

काठमाडौं, २९ पुस-नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल)मा सिड्नी थन्डर्सलाई नाै रनले पराजित गरेको छ ।हुरिकेन्सको जितमा सन्दीपले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।

बिहीवार मेलवर्न स्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाईलाई १७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा समेटियो ।

जितसँगै होवर्टले १२ खेलमा ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकाल्दै २४ अंकसहित चौथो स्थानमा छ । हुरिकेन्सले आगामी खेलमा मेलवर्न रिनेगाडेससँग खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर