हेर्नुहोस् यस्तो आजको सुनचाँदीको भाउ — OSNepal

हेर्नुहोस् यस्तो आजको सुनचाँदीको भाउ

LC (KTM) December 09, 2021 0

काठमाडौं, २३ मंसिर -साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार पनि स्थिर रहेर सोही मूल्य नै कायम भएको हो ।

बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य पनि स्थिर छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार पनि सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर