हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलको मूल्य घट्यो की बढ्यो ? — OSNepal

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलको मूल्य घट्यो की बढ्यो ?

LC (KTM) December 02, 2021 0

काठमाडौं, १६ मंसिर । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५६ पैसा र बिक्री दर १२० रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ११ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १५ पैसा र बिक्री दर १५९ रुपैयाँ ९५ पैसा रहेको छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०९ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५२ पैसा र बिक्री दर ८५ रुपैयाँ ९५ पैसा छ । आज क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २७ पैसा छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५४ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६० पैसा र बिक्री दर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर