हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) November 15, 2021 0

काठमाडौं, २९ कात्तिक- नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८० पैसा र बिक्री दर ११९ रुपैयाँ ४० पैसा कायम छ ।

युरोपियन यूरो आज एकको खरिद दर १३६ रुपैयाँ ०५ पैसा र बिक्री दर १३६ रुपैयाँ ७४ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३८ पैसा र बिक्री दर १६० रुपैयाँ १८ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९३ पैसा र बिक्री दर १२९ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १२ पैसा र बिक्री दर ८७ रुपैयाँ ५६ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ७१पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ १८ पैसा रहेको छ ।

जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४३ पैसा र बिक्री दर १० रुपैयाँ ४९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७२ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४३ पैसा र बिक्री दर ३२ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेशियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर