हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ — OSNepal

हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

LC (KTM) November 14, 2021 0

काठमाडौं, २८ कात्तिक-नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८० पैसा र बिक्री दर ११९ रुपैयाँ ४० पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ ९० पैसा र बिक्री दर १३६ रुपैयाँ ५८ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १० पैसा र बिक्री दर १५९ रुपैयाँ ९१ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ७७ पैसा र बिक्री दर १२९ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६८ पैसा र बिक्री दर ८७ रुपैयाँ ११ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिर दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६६ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर