हेलम्बुमा गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु — OSNepal

हेलम्बुमा गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु

LC (KTM) November 23, 2021 0

सिन्धुपाल्चोक, ७ मङ्सिर -सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर