हेलिकप्टर चार्टर गरी सिम्रनलाई दुर्गम गाउँमा भित्र्याए सबिनले — OSNepal

हेलिकप्टर चार्टर गरी सिम्रनलाई दुर्गम गाउँमा भित्र्याए सबिनले

LC (KTM) January 06, 2022 0

२ लाख ७० हजार खर्च गरेर हेलिकप्टर चार्टर गरी सामान्य परिवारका सविनले काठमाडौँको सम्पन्न परिवारकी सिम्रनलाई दुर्गम गाउँमा भित्र्याए, हेलकप्टरमा छोराले बुहारी ल्याउँदा सबिनका बा आमा छक्क परे, बेहुली लिएर फिल्मको हिरोलेझै गाउँमा नै हेलिकप्टरमा सबिन आउँदा छक्क परेर हेरिरहे गाउँलेले

तेह्रथुम, २२ पुस- गाउँमा विवाह हुँदा बस, ट्याक्सी तथा साना गाडी रिजर्भ गर्नु सामान्य नै बन्न थालेको छ । तर, सामान्य नागरिकले हेलिकोप्टर चार्टर गरेर विवाह गरेको सायद कमै मात्र सुन्न सकिन्छ ।

विवाह खर्च जुटाउन नै निकै सकस हुन्छ गाउँका सामान्य नागरिकलाई । छथर गाउँपालिका-२ हमरजुङ खैरेनीका २९ वर्षका सविन लिम्बुले विवाहमा हेलिकप्टर नै चार्टर गरी बेहुली भित्र्याएका छन् ।

बुवा झप्टबहादुर लिम्बु र आमा दिलकुमारी लिम्बुले छोरा सविनले काठमाडौं थानकोट निवासी राजु सेर्पा र कल्पना क्षेत्रीकी छोरी २५ वर्षीया सिम्रन सेर्पासँग हेलिकोप्टर चार्टर गरेर विवाह गरेका छन् ।

गाउँको कुनामा हेलिकप्टरबाट बुहारी भित्र्याउन पाउँदा गर्व लागेको बेहुलाका बुवा झप्टहादुरले बताए । ‘मैले कल्पनासम्म गरेको थिएन आफ्नो बुहारी हेलिकप्टरबाट भित्र्याउँछु भनेर । तर, आज मेरो जेठा छोरा र जेठी बुहारी यो गाउँमा हेलिकप्टरमार्फत भित्र्याउन पाउँदा जीवनकै खुसी भएकोछु,’ उनले भने ।

२ लाख ७० हजार खर्च गरी बेहुली भित्र्याएका सविनले भने, ‘सानैदेखि मेरो गाउँमा फरक र ऐतिहासिक ढंगले विवाह गर्ने सोच थियो । आज पुरा भएको छ । मैले कसैलाई देखाउनका लागी हेलिकप्टर चार्टर गरेको हैन ।’ बेहुली सम्पन्न परिवारकी र बेहुला सामान्य परिवारका रहेका छन् । २ लाख ७० हजार खर्च गरी बेहुली सम्पन्न परिवारकी र बेहुला सामान्य परिवारका रहेका छन् ।

गाउँका सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गर्नु चानचुने कुरा नभएको स्थानीय मनबहादुर खड्काले बताए । ‘योजना बनाउने हो र चाहने हो भने असम्भव नहुने रहेनछ । खर्च जहाँबाट जुटाए पनि जुटाउन सकिँदो रहेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर