हेलिकोप्टर दुर्घटनामा जनरल रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको पुष्टि — OSNepal

हेलिकोप्टर दुर्घटनामा जनरल रावत र उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको पुष्टि

LC (KTM) December 08, 2021 0

काठमाडौँ, २२ मङ्सिर -भारतका ‘चिफ अफ डिफेन्स स्टाफ’ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । उहाँ सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर आज दिउँसो भारतको तमिलनाडुको कुन्नरमा दुर्घटना हुँदा रावतसहित १३ जनाको मृत्यु भएको हो । सुलुरस्थित सैन्य शिविरबाट वेलिङटनका लागि उडेको हेलिकप्टर दुर्घटना परेको थियो ।

भारतीय वायु सेनाको आधिकारीक ट्वीटर एकाउन्टबाट प्राप्त जानकारीअनुसार, रावतसँगै उनकी पत्नी मधुलिका रावत तथा अन्य ११ सैनिकको मृत्यु भएको छ । भारत सरकारले रावतलाई दुई वर्ष अघि चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी दिएको थियो । उहाँ भारतका पूर्वस्थल सेना प्रमुख एवं नेपाली सेनाका पूर्वमानार्थ महारथी हुनुहुन्छ । उहाँलाई नेपाली सेनाको मानार्थ महारथीबाट २९ मार्च २०१७ मा सम्मान प्रदान गरिएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर