ह्याण्डसम पल यि सुन्दरीसँग रोमान्टिक अवतारमा देखा परे, हेर्नुहोस् भिडियो — OSNepal

ह्याण्डसम पल यि सुन्दरीसँग रोमान्टिक अवतारमा देखा परे, हेर्नुहोस् भिडियो

LC (KTM) November 17, 2021 0

काठमाडौ । पी.के. फिल्मस्को प्रस्तुतीमा रियल हिरो अभिनेता पल शाह र मोडल कबिता राय फिचर्ड म्युजिक भिडियो रिलिज भएको छ । पी.के फिल्मस्बाटै गत महिना थारु गीत ‘ओ सजन’ बोलको म्युजिकको सफल्तापछि ‘हेरेर तिमीलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

चर्चित गायक शिव परियार र चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको गीत गत शनिवार भब्य कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो । यो गीत रवीमान सिंह बस्न्यातले लेखेका हुन्, भने टिका बम्जनले संगीत गरेका हुन् । यस गीतलाई साहस शाक्यले एरेञ्ज गरेका हुन् ।

हेरेर तिमीलाई बोलको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । रोमान्टिक लभस्टोरी गीतको म्युजिक भिडियोमा पल र कबितालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । फिल्मी शैलीमा तयार भएको म्युजिक भिडियोमा पल र कबिताको कामसंगै ड्रेस, लोकेशनकोपनि तारिफ भएको छ ।

यो म्युजिक भिडियो लुम्बिनीमा ३ दिन लगाएर खिचिएको थियो । म्युजिक भिडियोको रिलिज कार्यक्रममा पनि यो भिडियो फिल्मको भिडियो जस्तै उत्कृष्ट बनेको चर्चा भएको थियो । यस म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्, भने इडिट र कलर मिलन विश्वकर्माको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर