१०४ वर्षीया कुट्टिआमाले परीक्षामा उत्कृष्ट नम्बर ल्याएपछि शिक्षामन्त्रीले गरे तारिफ — OSNepal

१०४ वर्षीया कुट्टिआमाले परीक्षामा उत्कृष्ट नम्बर ल्याएपछि शिक्षामन्त्रीले गरे तारिफ

LC (KTM) November 17, 2021 0

केरला-शिक्षा लिन उमेर बाधक हुँदैन । जोकोहीले पनि जुनसुकै बेला अध्ययन गर्न सक्छन्। र, यसको सफल उदाहरण बनेकी छन भारतकी एक बृद्धा ।केरला राज्यकी १०४ वर्षीया कुट्टिआमाले राज्यले हालै लिएको साक्षरता परीक्षामा उत्कृष्ट नम्बर ल्याएकी हुन् । १०० पूर्णाङ्कमा उनले ८९ नम्बर ल्याएकी हुन् ।

केरलाका शिक्षामन्त्री भी शिभनकुट्टेले ट्विटरमा लेखेका छन्, ‘१०४ वर्षीया कुट्टिआमाले केरला राज्यको साक्षरता अभियानको परीक्षामा १०० पूर्णाङ्कमा ८९ नम्बर प्राप्त गरेकी छन् । ’ बृद्धाको प्रगतिबाट आफू खुसी भएकोसमेत शिक्षामन्त्रीले उल्लेख गरेका छन् ।

परीक्षामा उत्कृष्ट नतिजा ल्याएकोमा शिक्षामन्त्रीले बृद्धालाई बधाई तथा शुभकामना दिएका छन् । ‘उच्च माया र सम्मानसाथ कुट्टिआमा र अन्य नयाँ शिक्षार्थीलाई शुभकामना दिन चाहन्छु ।’ शिक्षामन्त्रीले कुट्टिमायको हाँसेको तस्विरसमेत पोस्ट गरेका छन् ।

केरला सरकारले ल्याएको निरन्तर शिक्षा योजनाअन्तर्गत हालै परीक्षा सञ्चालन भएको थियो ।

सो शिक्षा योजनामा सहभागी नहुन्जेल कुट्टिमाया विद्यालय गएकी थिइनन् । साक्षरता अभियानमा सहभागी नहुन्जेल उनलाई पढ्न र लेख्न आउदैनथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर