१० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामै हुने तयारी — OSNepal

१० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामै हुने तयारी

LC (KTM) November 30, 2021 0

काठमाडौं १४ मंसिर । नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण चितवनमा नै हुने भएको छ । साथ निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक पनि चितवनमै हुने भएको छ ।

अहिले दिउँसो १ बजेबाट मतगणना गन्न सुरु भएको छ मतपरिणाम आउने बितिक्कै नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ खुवाउने कार्यक्रम हुने स्रोतले जनाएको छ ।

मतदान ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट भएको हो । अहिले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिएका छन् । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।

महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि तथा खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर