१३ महिला स्वयंसेविका सम्मानित — OSNepal

१३ महिला स्वयंसेविका सम्मानित

LC (KTM) December 06, 2021 0

लमजुङ, २० मंसिर -बेसीशहर नगरपालिकाको स्वास्थ्य शाखाले १८औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सम्मान तथा बिदाइ गरेको छ । ६० वर्ष उमेर पुगेका नगरपालिका भित्रका १३ जना सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै प्रोत्साहन स्वरुप जनही ३० हजार रुपैयाँ प्रदान गरी बिदाइ गरिएको हो ।

सम्मानित हुने वडा नम्बर १ का सुशीलादेवी लोहनी, तुलसी गुरुङ, खिलाकुमारी बुढाथोकी, वडा नम्बर ६ का हर्कुमाया अधिकारी, वडा नम्बर ७ का विष्णुमाया पौडेल, भक्तकुमारी बस्नेत, वडा नम्बर ८ का मिठुमाया सुयल, राममाया श्रेष्ठ, वडा नम्बर ९ का रत्नकाशी गुरुङ, पशुपती अधिकारी, वडा नम्बर ११ का चमेली श्रेष्ठ, शान्ताकुमारी पन्त र भवानीकुमारी जोशी रहेका छन् ।

उमेर हदका कारण बिदा हुनेलाई मेयर गुमानसिंह अर्याल, प्रमुख प्रशासकिय अधिकृत इमानाथ कडेंल र शिक्षा शाखाका उपसचिव किसानराज चिलुवालले नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर