१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय प्रेम पक्राउ — OSNepal

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय प्रेम पक्राउ

LC (KTM) October 19, 2021 0

पाल्पा २ कात्तिक । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–११ बस्ने २० वर्षीय प्रेम सुनार रहेका छन् ।

सुनारले सोही नगरपालिका बस्ने ति किशोरीलाई असोज २५ गते जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर