१८ वर्ष कैद सजाय पाएकी फरार सुशीला देवी लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ — OSNepal

१८ वर्ष कैद सजाय पाएकी फरार सुशीला देवी लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ

LC (KTM) November 14, 2021 0

मोरङ २८ कात्तिक । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साह रहेकी छन् ।

मोरङ जिल्ला अदालतले २०७३ असार २ गते कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद सजाय फैसला गरेपछि फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१५ रानीबस्तीमा लुकीछिपी बसिरहेको अवस्थामा शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेकी निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइने ईलाका प्रहरी कार्यालय रानीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर