२०२२ को ठूलो उपहार मानिने फिल्म 'आरआर’ मा अभिनेतालाई करोडौ पारिश्रमिक दिँदा आलियालाई सर्वाधिक कम पारिश्रमिक ! — OSNepal

२०२२ को ठूलो उपहार मानिने फिल्म ‘आरआर’ मा अभिनेतालाई करोडौ पारिश्रमिक दिँदा आलियालाई सर्वाधिक कम पारिश्रमिक !

LC (KTM) December 27, 2021 0

एजेन्सी-बाहुबली’ फेम निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैछन्। फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय रहेको छ ।

२०२२ को ठूलो उपहार मानिएको फिल्ममा फिल्मका कलाकारले लिएको पारिश्रमिकको कुरा बाहिर आएको छ । फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम रहेको भारतिय मिडियाले जनाएका छन् ।

फिल्ममा रामचरणले अल्लुरी सीताराम राजूको भूमिकामा अभिनय गरेका छन्। यो फिल्मबाट उनले ४५ करोड पारिश्रमिक बुझेका छन। अर्का प्रमुख कलाकार जुनियर एनटीआरले फिल्ममा कोमाराम भीको भूमिका निर्वाह गरेका छन्।

उनले पनि रामचरणकै अर्थात् ४५ करोड नै पारिश्रमिक लिएका छन्। तर मुख्य नायिका आलियाले भने ९ करोड मात्र पारिश्रमिक बुझेको बताइएको छ । अभिनेता अजयले फिल्मबाट २५ करोड पारिश्रमिक लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर