२०७९ सालभित्र बिहे गर्ने रेखा थापाको घोषणा — OSNepal

२०७९ सालभित्र बिहे गर्ने रेखा थापाको घोषणा

LC (KTM) December 30, 2021 0

काठमाडौँ । अभिनेत्री तथा राप्रपाकी नेतृ रेखा थापालाई चिन्ने र बुझ्नेहरुले भन्छन् ‘लेडी सुपरस्टार’ । आँटी, हक्की स्वभावकी निडर यि सुन्दरीलाई पछिल्लो एक दशकदेखि सोधिन थालिएको प्रश्न हो विबाह कहिले गर्ने भन्ने रु निर्माता छविराज ओझासँग सम्बन्ध विक्षेद भएपछि विगत एक दशकदेखि एकल जीवन विताउँदै आएकी ‘लेडी सुपरस्टार’ थापालाई अब विबाह गर्नु भन्ने लागेको छ ।

हालै नयुज २४ सँगको कुराकानीमा नायिका थापाले चाँडै विवाह बन्धनमा बाँधिने तयारीमा रहेको रहस्य खोलीन् । कुराकानीका क्रममा नायिका थापाले २०७९ सालभित्र आफू बैबाहिक जीवनमा बाँधिन सक्नेसम्मको रहस्य खोलीन् ।

यद्यपी उनको हुनेवाला पति भने मिडिया र चलचित्र क्षेत्रभन्दा बाहिरको हुने कुरासम्म भन्न भ्याईन् रेखाले । सो अवसरमा रेखाले भनिन् मैले अन्य नायिकाको जसरी तामझामसँग बिहे भने गर्दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर