२० बर्षका कार्की राप्रपाको महाधिवेशन प्रतिनिधिमा छनौट — OSNepal

२० बर्षका कार्की राप्रपाको महाधिवेशन प्रतिनिधिमा छनौट

LC (KTM) November 25, 2021 0

यतिबेला पार्टीहरुलाई महाधिबेशनको चटारो परेको छ । कांग्रेस, एमाले, राप्रपा लगायतका पार्टीहरु महाधिबेशन टुंग्याउने दौडधुपमा लागेका छन् । यस लहरमा युवाहरुको प्रबेश पनि पार्टी पंक्तीका लागि बलियो आधार बनेको छ । राप्रपाको महाधिबेशनका लागि २० बर्षिय युवा प्रतिनिधि चयन भएका छन् ।

राप्रपाको मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं ९ अन्तर्गतको प्रदेश सभा ‘ख’ मा २० वर्षीय युवा निशान कार्की महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । कार्की सानै उमेर बाट बिशेष जिम्मेवारी सम्हाल्न सफल हुदै आएका छन् । उनी राप्रपाको क्षेत्र नं ९ ‘ख’ को सचिव र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको नागार्जुन नगर कमिटीको अध्यक्ष समेत रहेर काम गरिरहेका छन् ।

उनी राप्रपाको सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधि रहेको बताइएको छ । उनले राप्रपालाई पुरानो र बुढाहरूको पार्टी भनेकै कारण आफु जस्ता युवाहरु पनि छन् है भनेर देखाउन यो जिम्मेवारी झन् गहकिलो भएको बताएा छन् ।अब राप्रपा युवाहरुको पार्टी रहेको भन्दै यसमा आकर्षण बढिरहेको समेत दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर