२० महिनादेखि सुस्ताएको भारतिय फिल्म बजार तात्दै — OSNepal

२० महिनादेखि सुस्ताएको भारतिय फिल्म बजार तात्दै

LC (KTM) December 02, 2021 0

मुम्बई । कोरोना संक्रमण कारण करिब २० महिनादेखि सुस्ताको भारतीय फिल्मको बजार बिस्तारै तान्न थालेको छ । गत दसैंपछिबाट त्यहाँका सिनेमा हल सहजसँग खुल्न थालेपछि बलिउडमा सिनेमाले बिस्तारै बजार लिँदै छन् ।

गाएको दीपावलीबाट भारतका सिनेमा हलमा दर्शकको आगमन सुरु भएको त्यहाँका हल सञ्चालकहरूको कथन छ । तिहारमा रिलिज भएको अक्षय कुमारको फिल्म सूर्यवंशीले सोचेको भन्दा राम्रो कमाइ बक्स अफिसमा गरेको पनि उनीहरूको कथन छ । सूर्यवंशीपछि नोभेम्बर महिनाभरिमा बलिउडमा ‘बन्टी और बबली–२’, ‘सत्यमेव जयते–२’ र ‘अन्तम’ गरी अरू तीनवटा फिल्म रिलिज भए । यी चार फिल्मले भारतीय बक्स अफिसमा नोभेम्बर महिनामा लगभग २ सय ५० करोडको व्यापार गरेको त्यहाँका वितरकहरूले जनाएका छन् । अहिले पनि सिनेमा हलको सिटको संख्याभन्दा आधा मात्र दर्शक राख्न पाइने नियम भएका कारण नोभेम्बर महिनामा अरू २ सय करोडको व्यापार हुन नपाएको उनीहरूले बताएका छन् । यदि हलका सबै सिटमा दर्शक राख्न पाइएको भए बलिउडमा नोभेम्बरमा ४ सय ५० करोडभन्दा बढीको व्यापार हुने थियो ।

अहिलेको अवस्थामा नोभेम्बरमा रिलिज भएका फिल्मले एक महिनाभित्र गरेको २ सय ५० करोडभन्दा माथिको व्यापारलाई त्यहाँका वितरक तथा हल सञ्चालकहरूले राम्रो मानेको छन् । दक्षिण भारतीय फिल्मको व्यापार गएको नोभेम्बरमा बलिउडको भन्दा बढी भएको त्यहाँको बक्स अफिसले रिपोर्टले देखाएका छ । यसरी भारतमा बलिउड मात्र हैन, दक्षिण भारतीय फिल्मले पनि बक्स अफिसमा पिकअप लिँदै छ ।राजधानि दैनिकमा खबर छ ।

सन् २०२१ को अन्तिम महिना डिसेम्बरले भारतीय बक्स अफिसमा राम्रो कमाइ गर्ने त्यहाँका वितकर तथा हल सञ्चालकहरूले आशा गरेका छन् । यो डिसेम्बर महिनामा बलिउडका ७ वटा फिल्म रिलिज हुँदै छ । जसमध्ये केही फिल्मले राम्रो व्यापार गर्ने त्यहाँका हल सञ्चाकहरूको अनुमान छ । यसरी रिलिज हुने सातमध्ये अहिलेसम्म पाँचवटा फिल्म हलमा आउने पक्का भएको छ । बाँकी दुई फिल्म ओटीटी प्लेटफर्ममा आउने भए पनि हलमा आउने वा नआउने भन्ने अझै टुंगो लागेको छैन । अभिषेक बच्चन अभिनित बब विश्वास र अक्षय कुमार, धनुष, सारा अली खान अभिनित फिल्म, अन्तरंगी अहिलेलाई डिजिटल प्लेटफर्मबाट रिलिज हुँदै छन् । यी दुई सिनमालाई हलबाट रिलिज गर्ने कसरतमा वितरकहरू लागेका छन् ।

बिस्तारै तात्दै गएको भारतीय बक्स अफिसलाई डिसेम्बर महिनामा तताउने आशा गरिएका पाँच फिल्ममा ‘तडप,’ ‘चँडीगढ करे’, ‘आशिकी’, ‘वेल्ले ८३’ र ‘जर्सी’ रहेका छन् । फिल्म तडपबाट सुनिल सेठ्ठीका छोरा अहान सेठ्ठीले डेब्यु गर्दै छन् । एक्सन प्रधान भनिएको यो फिल्ममा अहानसँगै तारा सुतारियाको अभिनय छ ।

यस्तै, आयुष्मान खुराना, बाणी कपुरको अभिनय रेको फिल्म चण्डिगढ करे आशिकी हास्य प्रधान फिल्म हो । यो फिल्मले पनि राम्रो व्यापार गर्ने हल सञ्चालकहरूको विश्वास छ । यो महिना नै भारतीय बक्स अफिलमा आउने बलिउड फिल्म ८३ खेल जनराको फिल्म हो । जसमा रणवीर सिंहको मुख्य भूमिका छ । यस्तै, अर्को फिल्म वेल्लेमा अजय देओल, करण देओल मौनी रायलगायतले अभिनय गरेका छन् । डिसेम्बरमा आउने अर्को फिल्म जर्सी पनि खेल जनरामै निर्माण भएको हो । यो फिल्ममा अभिनेता शाहिद कपुर मुख्य भूमिकामा छन् । यी पाँचमध्ये जर्सीले भारतीय बक्स अफिसमा १ सय करोडभन्दा माथिको व्यापार गर्न सक्ने अनुमान त्यहाँका वितरकहरूको छ । यस्तै फिल्म तडपले ७५ करोडसम्मको व्यापार गर्ने उनहरूको अनुमान छ ।

यो महिना सबैभन्दा राम्रो व्यापार गर्दै रणवीर सिंहको फिल्म ८३ ले भारतीय बक्स अफिस फेरि एकपटक तताउने विश्वास हल सञ्चालकदेखि वितरकसम्मको छ । सन् १९८३ को वल्र्डकपमा भारतीय क्रिकेटको आरोह अवरोह र सफलताको कथा फिल्म ८३ मा समेटिएको छ । यो फिल्मले २ सयदेखि २ सय ५० करोडसम्मको व्यापार भारतमा गर्ने उनीहरूको अनुमान छ । जब कि गत महिना रिलिज भएको फिल्म सूर्यवंशीले १ सय ९० करोडको व्यापार भारतमा हालसम्म गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर