२१ बर्ष , १ हजार एपिसोड , कौन बनेगा करोडपतिको यात्रा देखेर अमिताभ यसरी स्टेजमै रोए — OSNepal

२१ बर्ष , १ हजार एपिसोड , कौन बनेगा करोडपतिको यात्रा देखेर अमिताभ यसरी स्टेजमै रोए

LC (KTM) December 04, 2021 0

महानायक अमिताभ बच्चन सिर्फ ठुलो पर्दामा मात्र हैन छोटो पर्दामा पनि उनले आफ्नो इमेज लाई उत्तिकै सफल बनाएका छन् । कौन बनेगा करोडपति आज भारतीय टेलिभिजनको सबैभन्दा लोकप्रिय शो मध्ये एक बन्न सफल भएको छ । यो शो सिर्फ गेम शो भएको तथा करोडौ धनराशि जितिने कारण मात्र हैन अमिताभ बच्चनको कारण सबैभन्दा पपुलर भएको छ ।

अमिताभ बिना यो शो को कल्पना समेत गर्न सकिदैन । अमिताभ फिल्मको लागि ब्यस्त हुदा पनि यस शो का लागि राजी भएका थिए । केबीसी १ हजार एपिसोड पुरा भएको अवसरमा उनकी छोरी श्वेता तथा नातिनी नब्या नबेली नन्दा शो मा पुगेका छन् । शो को सुरुवातमा नब्याले एक प्रश्न गर्छिन् त्यसमा अमिताभ बच्चनले खुलेर जवाफ दिन्छन्– २१ बर्ष पुरा भएछ । सन् २००० मा यसको सुरुवात भएको थियो । तर यो समय बितेको मलाई पत्तै भएनछ ।

मलाई त्यतिबेला सबैले भनिरहेका थिए ठुलो पर्दा बाट सानो पर्दामा जाँदैछस् छबिमा नोक्सान पुग्ला । मेरो आफ्नै परिस्थिती थियो मलाई फिल्ममा पनि काम मिलिरहेको थिएन । जब पहिलो पटक केबीसी ब्रोडकास्ट भयो मेरो पुरै भाग्य नै बदलियो । अमिताभको यो कुरा सुनेर मन्चमा तालीको गडगडाहट आएको थियो । यो कुरा सुनाई सकेपछि अमिताभ बच्चन एकदमै इमोश्नल हुन्छन् । उनले आफ्नो आँसु समेत पुच्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर