२१ वर्षकी युवतीले सुन पसलमा पुगेर सुनको सिक्री चोरेर भागेको भिडियो भाइरल — OSNepal

२१ वर्षकी युवतीले सुन पसलमा पुगेर सुनको सिक्री चोरेर भागेको भिडियो भाइरल

LC (KTM) January 05, 2022 0

पोखरा महानगरपालिका – ५ जिरो किमि स्थितपामे चापाकोट सुन दुकान मा चोरी भएको छ एक पसलमा घटेको छ ।

अधिकांश समय प्रहरीको उपस्थिति रहने जिरो किमि चोक नजिकैको पामे चापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार ९पुस १६ गते० झन्डै एक लाख मूल्य पर्ने सिक्री चोरी गरी महिला फरार भइन ।

दुकानका सञ्चालक केशव घतानेले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराए । घतानेले चोरी गरेर भाग्ने महिलाले चोरी गर्दै गरेको र भाग्दै गरेको स्पष्ट देखिने सिसीटिभी फुटेज नै सार्वजनिक गरे ।

तर घटना घटेको चार दिन बित्दा समेत प्रहरीले महिलालाई पक्राउ गर्न सकेन । सिक्री किन्ने बहानामा पसलमा पुगेकी महिलाले सञ्चालक घतानेलाई झुक्क्याएर सिक्री गोजीमा हालेर फरार भएकी थिइन् ।

घटना घटेको ४ दिनसम्म ती महिला को हुन् ? चोरेर कहाँ फरार भइन् ? भन्ने कुराको केही पत्तो लागेको छैन । प्रहरीमा खबर गर्दा समेत केही पत्तो नलागेपछि सञ्चालक आफैले सार्वजनिक गरेको सिसीटिभी फुटेजको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आज हामीले यसौको पेरी फेरीमा रहेर यो कार्यक्रम लिएर उपस्थीत भएका छौ हेरौ सी सी टीभीमा चोरको ह र्कत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर