२२ घन्टापछि कोसी राजमार्ग खुल्यो — OSNepal

२२ घन्टापछि कोसी राजमार्ग खुल्यो

LC (KTM) October 20, 2021 0

धनकुटा, ३ कात्तिक – लेउती खोलाले बगाएको कोसी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

उनका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ बजे साँगुरीगढी गाउँपालिका- ६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो । धरानदेखि कोसी पहाडी तथा कोसी पहाडदेखि धरान झरेका सयौँ साना-ठूला गाडी अलपत्र परेका थिए ।

त्यस क्षेत्रमा अहिले पनि अविरल रूपमा वर्षा भइरहेको छ । खोलामा बालुवा र माटोको लेदोसहितको बाढी अहिले आइरहेको छ । बाटो सफा गर्न चारवटा स्काभेटर परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर