२४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि , १२ जनाको मृत्यु — OSNepal

२४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि , १२ जनाको मृत्यु

LC (KTM) October 19, 2021 0

काठमाडौँ, २ कात्तिक- नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ९१६ जनामा कोरोना परीक्षण गर्दा एक हजार ९६ जनामा सङ्क्रमण पाइएको हो ।आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ८१५ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार चार जना सङ्क्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण सात लाख ८३ हजार ३९७ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ ।

यसैगरी आज कोरोना सङ्क्रमणबाट १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३०५ जनाको निधन भएको छ । होम आइसोलेसन १० हजार ८६६, संस्थागत आइसोलेसनमा ९४९ जना , सघन उपचार कक्षमा २६७ र भेन्टिलेटरमा ८६ जना रहेका छन् । आज एक लाख ६३ हजार २६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६२ हजार ३६५ पहिलो मात्रा र ६४ लाख ८५ हजार ९२३ पूर्ण मात्राको खोप लगाइसकेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर